Tags » Nepal

Explore More. Get Lost.

After spending months in Nepal previously I’ve done all the museums, Durbar square, Patan, Bhaktapur, etc. This time I really just enjoy wandering without a plan. 150 more words

Solo Travel

Blogathon- नेपालका समस्याहरूमा छलफल (सन्दर्भ- गोविन्द केसीको आन्दोलन)

Blogathon

आउने २ हप्तामा डा गोविन्द केसीको आन्दोलन र यो प्रकरणसँग सम्बन्धित नेपालका समस्याहरुको बारे ब्लग लेख्नुहोस् । धेरै लामो हैन, ५००-८०० शब्दमा । मोबाइलमा २-३ पटक scroll गर्दा र डेस्कटपमा एक scroll मा पढ्न सकिने लम्बाइको ब्लग लेख्नुहोस् । आफ्नो ब्लगको link ट्वीटरमा share गर्नुहोस्, वा यो ब्लगमा कमेण्टको रुपमा लेख्नुहोस् । ट्वीटरमा छलफल गरेर केहिथप गर्नुपर्ने लागे आफ्नै ब्लगमा कमेण्टको रुपमा राख्नुहोस् । २ हप्तापछी यसरी लेखिएका ब्लगहरु समेटेर एउटा वेवसाइटमा प्रकाशन गरिनेछ ।

कृपया विषयमा रहेर लेख्ने प्रयास गर्नुहोस्, थाहा भइसकेका कुरामा धेरै भुमिका नबाँध्नुहोस् । तर्क र तथ्यमा ध्यान दिनुहोस् । तर्क गर्ने स्थापित सभ्य तरिका अपनाउनुहोस् ।

यस किसिमका blogathon ले छलफललाई अरु बढाउने र राम्रो बनाउन सघाउने विश्वास छ । पहिलो ब्लगाथन पछि कमीकमजोरीहरू सुधारेर अरू यस किसिमका छलफल गर्दै गरौँला ।

कारण र प्रेरणा

ट्वीटरमा बहसको परिधि अलि सानो र अप्ठेरो लाग्छ । पत्रिकाहरूका आफ्नै सिमीतता र वाध्यता छन् । हामीहरू बोल्ने सजिलो ठाउँ सामाजिक सञ्जाल र इन्टरनेट नै हो । तर यसलाई कसरी सदुपयोग गर्ने ?

अहिले डा गोविन्द केसीको अनसनले नेपाली समाज र राजनीतिका अनेक समस्याहरूलाई सतहमा ल्याइदिएको छ । धेरै वर्षदेखि यस किसिमका बेथितिमा हामी चुप लागेर केही हस्तक्षेप नगरेकाले यो स्थिति निर्माण भएको हो । अहिले पनि स्थिति निराशाजनक छ, तर सबै बितिसकेको छैन । आखिर हामी बस्ने, हाम्रा सन्तति हुर्काउने र हामीले भविष्य बनाउने समाज र ठाउँ यही हो । हाम्रो हस्तक्षेप आवश्यक छ । अहिलेको नेपालको बेथिति २०५५-२०५७ तिर कै जस्तो लाग्दैछ । फरक यत्ति हो, त्यति बेला हाम्रो ध्यान र उर्जा मोड्ने एउटा हिंस्रक युद्ध पनि सँगै थियो । बोल्न डराउनुपर्ने समय थियो । कि चुपचाप सह, कि अर्कै बाटो लाग भन्ने स्थिति थियो । कसरी यस किसिमका समस्या समाधान गर्ने भन्ने चिन्तन भन्दा पनि मान्छेहरू मर्ने क्रम कसरी अन्त्य गर्ने भन्ने छलफलले प्राथमिकता पायो । हामीले कहिल्यै राम्ररी यस्ता समस्या समाधानमा ध्यान दिने मौका नै पाएनौँ । अहिले सोच्नुस् त, आजको दिनमा नेपाली राज्य बेकारको भयो भनेर कसैले युद्ध सुरु गरेर नेपाली समाजलाई अस्तव्यस्त बनायो भने के हुन्छ ? के त्यसले समाधान दिन्छ ? कि हाम्रो समय बर्बाद गर्छ र समाधान झन् पर धकेल्छ ?

धादिङ्मा राजेन्द्र पाण्डेजस्ता नेताको पकड बलियो बनाउन युद्धले स्थापित गरेको हिंसा धेरै जिम्मेवार छ । त्यस्तो हिंसाले चरी प्रवृत्ति जस्ता प्रतिद्वन्द्वी जन्मायो । धादिङ्मा माओवादी र उसको नेता सालिकराम जमरकट्टेलसँग प्रतिस्पर्धा गर्न कुनै इमानको राजनीति गर्ने र बौद्धिक किसिमको नेतालाई सम्भव हुन्थ्यो होला त ? वा गुण्डागर्दी गर्ने र खराब राजनीति गर्ने मान्छे नै त्यस किसिमको वातावरणमा टिक्न सक्थ्यो ? यो मेरो व्यक्तिगत विचार हो, समाजका समस्याहरूमा विविध पक्ष मध्ये एउटा निकै महत्वपूर्ण पक्ष छलफल गर्न खोजेको हुँ ।

मेरो उद्देश्य चाहिँ यस किसिमका छलफलहरू अरू अर्थपूर्ण होऊन् भन्ने हो ।

Nepal

Posted on Instagram

Will be staying in Mt. Kantega for the next three days! :) #6779m #ClubHimalaya #Nepal

Posted on Twitter

Will be staying in Mt. Kantega for the next three days! :) #6779m #ClubHimalaya #Nepal https://t.co/JdQI6ZieBC

— Ayush Man Tamrakar (@TamrakarAyush) March 28, 2015

Langtang Photo feature -I

Quick Facts of Langtang Region
Langtang National Park (1976)
Area Covered: 1710 sq.km (660 sq.mi)
Location: North Kathmandu (bordering Tibet)
Major Ethnic Group: Tamang
Highest Peak: Langtang Lirung (7246m) 163 more words

Nepal

Posted on Twitter

दिनभरी रेडियो सुनियो, धन्न सुतिएन । @mepabu @indradhoj @MainaliChandika @TamrakarAyush @zingrana @weaker41 @sumanlalpradhan @sigdelsantosh

— उज्ज्वल आचार्य (@KANepal) March 28, 2015